आयात व्यापार बढ्न थालेपछि चालु खाता घाटा बढ्दो 

आयात व्यापार बढ्न थालेपछि चालु खाता घाटा बढ्दो 


बैंकिङ्ग समाचार, काठमाडौं । 

देशको आयात व्यापार बढ्न थालेपछि चालु खाता  घाटामा जान थालेको  छ ।

बैशाखमा ५४ अर्ब ६७ करोड रुपैयाँ रहेको चालु खाता घाटा ६९ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९२ अर्ब १४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाखले घाटामा रहेको छ ।

चालु खाता सकारात्मक भएमा देशले लगानीभन्दा बचत गरेको देखाउँछ । चालु खाता वैदेशिक मुद्राको कारोबारको एउटा विवरण हो, जसमा व्यापार, रेमिटेन्स, ट्रान्सफरलगायतको आम्दानी र खर्चको रकम समावेश गरिएको हुन्छ । यसलाई मुलुकको अर्थतन्त्रको सबलता मापन गर्ने एउटा सूचकको रूपमा हेरिन्छ ।