विदेशी मुद्राको सञ्चिति ११ अर्ब ३० करोड डलर

विदेशी मुद्राको सञ्चिति ११ अर्ब ३० करोड डलर


बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

गत वैशाखमा ११ अर्ब २० करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ११ अर्ब ३० करोड डलर पुगेको हो । 

यसअघि २०७८ साउनमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ४२ करोड अमेरिकी डलर थियो । २०७८ भदौमा एक महिनामै विदेशी मुद्राको सञ्चिति २८ करोड डलरले घटेर ११ अर्ब १४ करोड डलरमा पुगेको थियो । त्यसयता लगातार घटेको विदेशी मुद्राको सञ्चिति गत असोज यता बढीरहेको छ ।

हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको बस्तु तथा आयात धान्न पुग्ने राष्ट बैंकले जनाएको छ । पछिल्लो समय आयात बढ्न थालेकाले विदेशी मुद्राले आयात धान्न पुग्ने महिनासमेत घटेको छ । वैशाख महिनाको सञ्चितिले ९.७ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको थियो ।