आगोले ध्वस्त आफ्नो संरचनाको गेटको फोटो राख्दै गोल्छाले भने,‘अझ सशक्त भएर देशमा रोजगारी सिर्जना गर्न प्रतिबद्ध छु’


काठमाडौं – जेनजी प्रदर्शनको क्रममा आगजनीले ध्वत भएको संरचनाको फोटो सामाजिक सञ्जालमा राख्दै व्यवसायी शेखर गोल्छाले  अझै सशक्त भएर देशमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

जेनजी प्रदर्शनको क्रममा आफू र आफ्नो परिवार पनि प्रभावित भएको तर निराश वा विचलित नभएको पनि बताएका छन् ।

‘आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु’, उनले लेखेका छन् ।