काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले उपत्यका प्रहरी कार्यालयको मातहतका सबै युनिटलाई नियमित काममा फर्किन निर्देशन दिएका छन्। कार्कीले बिहीबार उपत्यकाभरका विभिन्न युनिटमा कार्यरत सिनियर अफिसरलाई काममा फर्किन निर्देशन दिएका हुन्।
हाल उपत्यकाका धेरै कार्यालयका भौतिक संरचना क्षतिग्रस्त भएका कारण नयाँ मुद्दा तथा प्रशासनिक कार्यहरू सम्बन्धित जिल्ला प्रहरी परिसरबाट सञ्चालन गर्नुपर्ने भएको हो ।
कार्कीले ड्युटी छोडेर गएर अनुपस्थित रहेका प्रहरी कर्मचारीलाई फिर्ता ल्याई नियमित काममा लगाउन निर्देशन दिएका हुन् । ‘प्रहरीका सवारी साधनहरू आगजनीमा नष्ट भएकाे भएपनि पैदल भएपनि जनताको जीवन र सम्पत्तिको सुरक्षा गर्न प्राथमिकता दिनुपर्छ,’ कार्कीले भने ।





About Us
प्रतिक्रिया