काठमाडौं – आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएको प्रहरीको पोसाकहरू दुरुपयोग नगर्न र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई नेपाल प्रहरी अनुरोध गरेको छ । प्रहरीले २३/२५ गते भएको प्रदर्शनका क्रममा लुटिएका हतियार फिर्ता गर्न, प्रहरीका बर्दीको र पोसाकको दुरुपयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।
साथै, प्रहरीले नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल वा टोल फ्रि नम्बरमा फोन गरी बुझाउन समेत अनुरोध गरेको छ ।






About Us
प्रतिक्रिया