काठमाडौं महानगरपालिकाले खारेज गर्दैछ २ सहकारी 

काठमाडौं महानगरपालिकाले खारेज गर्दैछ २ सहकारी 


बैंकिङ्ग समाचार, काठमाडौ।

काठमाडौं महानगरपालिकाले दुईवटा सहकारीको दर्ता खारेज गर्ने भएको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी दुईवटा सहकारीहरु खारेज गर्ने जानकारी दिएको हो ।

सहकारी विभागले आज प्रकाशित गरेको सूचना अनुसार श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि. र सुकस बचत तथा ऋण सहकारी संस्था लि.सञ्चालनमा नरहेकाले उनीहरूको दर्ता खारेज गरिने भएको छ ।

उक्त दुई सहकारी संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा तथा यी संस्थाबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थामा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले उक्त सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र महानगरको सहकारी विभागमा सम्पर्क राख्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरेको छ । 

\"\"