नेप्से बोर्ड बैठकको निर्णयः नयाँ ब्रोकरलाई सदस्यता, नेप्से ३० को आन्तरिक परिक्षण गर्ने

नेप्से बोर्ड बैठकको निर्णयः नयाँ ब्रोकरलाई सदस्यता, नेप्से ३० को आन्तरिक परिक्षण गर्ने


बैंकिङ समाचार,काठमाडौं । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)संचालक समिति बैठकले नयाँ ब्रोकरलाई सदस्यता दिने निर्णय गरेको छ । 

बुधबार बसेको बैठकले नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो ।

यस्तै उक्त बैठकले नेप्से ३० को आन्तरिक परिक्षण गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताएका छन् । 

कानूनले तोकेको मापदण्ड पुरा गरेका नयाँ ब्रोकरले नेप्सेको सिस्टममा जोडिएपछि सेयर कारोबार गर्न सक्ने छन् । अहिलेसम्म नेप्सेले १७ वटा नयाँ ब्रोकरलाई आशयपत्र दिएको छ । त्यसमध्ये ७ वटा कम्पनीको प्राविधि परिक्षण समेत गरिसकेको नेप्सेले जनाएको छ । यी कम्पनीले नेप्सेबाट सदस्यता लिएर कारोबार गर्न सक्ने अवस्थामा पुगेका छन् । ७ वटा कम्पनी तत्काल कारोबार गर्न सक्ने अवस्थामा रहेका छन् । कारोबार गर्नका लागि नेप्सेको सिस्टममा जोडिनुका साथै सीडीएससीबाट राफसाफ सदस्यता लिनुपर्छ ।

नयाँ ब्रोकरले सदस्यता लिनका लागि नेप्सेमा पूर्वाधार शुल्क ५ लाख धरौटी राख्नुपर्छ । सदस्यता शुल्क १० हजार, आफै टिएमएस राख्ने हो भने सुरुमा १ लाख राख्नुपर्छ । महिनाको १५ हजार तिर्नुपर्छ । नेप्सेको टिएमएस राख्ने हो भने महिनाको २५ हजार तिर्नुपर्ने छ