नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


बैंकिङ समाचार,काठमाडौं । 

नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बिक्रीमा आएको संस्थापक शेयर असार २० गतेदेखि बिक्रीमा आएको हो । 

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर खरीद गर्न योग्य लगानीकर्ताहरूले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरको मूल्य प्रतिकित्ता १ हजार ४५ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले असार २० गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । यो शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापटल लिमिटेड छ ।