बैंकबाट ठूला ऋणीले दिएको ऋणको व्यवस्थापन चुनौतिपूर्ण भएको पूर्वअर्थमन्त्री खतिवडाको भनाई 

बैंकबाट ठूला ऋणीले दिएको ऋणको व्यवस्थापन चुनौतिपूर्ण भएको पूर्वअर्थमन्त्री खतिवडाको भनाई 


 बैंकिङ समाचार,काठमाडौं ।

पूर्वगभर्नरसमेत रहेका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बैंकबाट ठूला ऋणीले दिएको ऋणको व्यवस्थापन चुनौतिपूर्ण भएको बताएका छन् ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्मेलन, २०२३ मा खतिवडाले यस्तो बताएका हुन् ।

आगामी मौद्रिक नीतिले यसको सम्बोधन गर्नुपर्ने पनि खतिवडाको भनाई छ । 

नेपालले लिएको उच्च राजस्व लक्ष्यसहितको वित्त नीति आफैंमा विस्तारित रहेकाले त्यसलाई सन्तुलित बनाउन मध्यमार्गी मौद्रिक नीति आवश्यक रहेको उनले बताएका छन्  । कर्जा विस्तारको प्रभाव ब्याजदरमा पर्ने तथा बैंक तथा वित्तीय संस्थाले महङ्गो ब्याजदरमा निक्षेप उठाएर सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न नसक्ने उनको भनाई छ ।

 त्यस्तै पूर्वअर्थमन्त्री खतिवडाले आवश्यकताभन्दा बढी सङ्ख्यामा रहेका (ओभर क्राउडेड) लघुवित्त कम्पनीको सङ्ख्या घटाउन मौद्रिक नीतिमा पुँजी वृद्धि गरी ‘ख’ वर्गका बैंक बनाउन सुझाव दिएका छन्  ।