सिटिजन्स बैंकको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा 

सिटिजन्स बैंकको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा 


बैंकिङ समाचार,काठमाडौं । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरको बिक्री खुलाएको छ । बैंकले संस्थापक लगानीकर्ता मध्येकी तारा विष्टको नाममा रहेको ११ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार उक्त सेयर बिक्रीको पहिलो प्राथमिकता दिँदै संस्थापक सेयरधनीहरुका लागि गत जेठ १७ गतेबाट ३५ दिने सूचना जारी गरेको थियो ।

संस्थापक सेयरधनीहरुबाट पर्याप्त आवेदन नपरेपछि बैंकले सेयर खरिदका लागि सर्वसाधारणलाई आवेदन खुला गरेको हो । 

उक्त संस्थापक सेयरको मूल्य बैंकले प्रति कित्ता १३५ रुपैयाँ तोकेको छ । खरिदमा इच्छुक आवेदकले उक्त मूल्यमा नघटाइ आफ्नो प्रस्ताव पेस गर्नुपर्ने छ ।
सेयर खरिद गर्न इच्छुक कुनै पनि व्यक्ति तथा संस्थाले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा बुझाउन सकिने जारी सूचनामा उल्लेख छ ।