बोर्डले दियो ५ वटा कम्पनीलाई आइपीओ निष्काशनको अनुमति

बोर्डले दियो ५ वटा कम्पनीलाई आइपीओ निष्काशनको अनुमति


बैंकिङ समाचार,काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको छ । 

बोर्डले हाथवे इन्भेष्टमेन्ट लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, मान्डु हाइड्रोपावर लिमिटेड,सिटिजन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इनस्योरेन्सलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको हो । 

हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँमा २९ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्नेछ । मिड सोलु हाइड्रोले प्रतिकित्ता १ सय रुपैयाँमा १४ लाख ९६ हजार ८ सय कित्ता आइपीओ निष्काशन गर्ने छ ।
मान्डु हाइड्रोले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्नेछ । कम्पनीले २०६ रुपैयाँ प्रिमियम मुल्यमा १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

त्यस्तै,सन् नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा ९६ लाख कित्ता शेयर निष्काशन गर्ने छ । सिटिजन लाइफ इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ ।