तीन दिनपछि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार साढे २ अर्बमा सीमित 

 तीन दिनपछि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार साढे २ अर्बमा सीमित 


बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा साताको कारोबारको तेस्रो दिन  सामान्य अंकले बढेको छ ।
मंगलबार नेप्से १२.७३ अंकले बढेर २०८८.७० बिन्दुमा बन्द  भएको हो । आज  नेप्सेमा २ अर्ब ५७ करोड ६१ लाख ४० हजार बराबरको कारोवार भएको थियो ।  

आज कारोबार भएका १४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ,९ कम्पनीको सेयर मूलय स्थिर रहेको छ । 

आज नेप्सेका सबै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै २।३६ प्रतिशतले बढेको छ। आज सिटी होटल लिमिटेडको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा बिपिडब्ल्यू लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।