राष्ट्र बैंकद्वारा लघुवित्तका सदस्यहरुको गुनासो सुन्नका डेस्क स्थापना

राष्ट्र बैंकद्वारा लघुवित्तका सदस्यहरुको गुनासो सुन्नका डेस्क स्थापना


 बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले लघुवित्तका सदस्यहरुको गुनासो सुन्नका लागि छुट्टै डेस्क स्थापना गरेको छ । लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको केन्द्रीय बैंकले सदस्यहरुको गुनासो सुन्न छुट्टै डेक्स स्थापना गरेको जनाएको हो ।

लघुवित्त वित्तीय संस्थाहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्क स्थापना भएको हो ।

राष्ट्र बैंकका अनुसार पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२ मार्फत वा अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np/ [email protected]  मा समेत गुनासो दर्ता गर्न  सकिने छ । साथै, नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

\"\"