कसिलो मौद्रिक नीतिले नै अर्थतन्त्र चलायमान नभएको अर्थमन्त्री महतको भनाई 

कसिलो मौद्रिक नीतिले नै अर्थतन्त्र चलायमान नभएको अर्थमन्त्री महतको भनाई 


बैंकिङ समाचार, काठमाडौं ।  

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिकै कारण अर्थतन्त्र चलायमान हुन नसकेको बताएका छन् ।  

मंगलबार संसदको अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकले अपनाएको कसिलो मौद्रिक नीतिकै कारण आवश्यक मुद्रा प्रवाह अर्थतन्त्रमा हुन नसकेको पनि अर्थमन्त्रीले बताएका छन् । उनले समितिमा आफ्नो क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको पनि बताए ।

अर्थमन्त्री महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोतर्फ उन्मुख रहेको दाबी गर्दै समस्यामुक्त भने भइनसकेको उनको धारणा छ । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै महतले अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिकामा रहेको भन्दै केही ठाउँमा यसले अगुवाइ पनि गरेको जानकारी दिएका छन् ।