बैंकिङ समाचार,काठमाडौं ।
सोमबार नेपाल राष्ट्र बैंकले २९ अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ ।
राष्ट्र बैंकले सोमबार २९ अर्ब ६६ करोड ६५ लाखको ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ७ अर्ब ७५ करोडको ट्रेजरी बिल, १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, र ३६४ दिन अवधिको ८ अर्ब ९१ करोड ६५ लाखको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । जस मध्ये ५ अर्बको ट्रेजरी बिल पुरानै ट्रेजरी बिलको नवीकरण हो भने बाँकी २४ अर्ब ६६ करोड ६५ लाखको ट्रेजरी बिल नयाँ हो ।
सोमबारको बोलकबोल गरेपछि राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
राष्ट्र बैंकले यस अघि असार ११ गते ट्रेजरी बिल बोलकबोल गरेको थियो ।
प्रतिक्रिया