बैंकको ऋण मुठीभर सभ्रान्तहरुले मात्र पाउँछन्ः प्रभु साह

बैंकको ऋण मुठीभर सभ्रान्तहरुले मात्र पाउँछन्ः प्रभु साह


बैंकिङ समाचर,काठमाडौं । 

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्तहरुले मात्र बैंकहरुबाट ऋण पाएको उनले बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले यूतो बताएका हुन् । त्यस्तै बैंकहरुबाट ऋण नपाएपछि आम नागरिकले मिटरव्याजीहरुबाट ऋण लिनुपर्ने र त्यही ऋणको कारण आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको पनि उनले बताए ।

साहले गरीबहरुले पनि बैंकहरुबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

बैंकहरु निक्षेप बढ्यो भनेर खुशी भएको तर जुन ठाउँको निक्षेप हो त्यहीँ ठाँउमा परिचालन नगरेको पनि उनले बताए ।