काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट


बैंकिङ समाचार,काठमाडौं । 

महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०÷८१ का लागि बजेट सार्वजनिक गरेको छ । 

आइतबार बसेको १३ औँ नगरसभामा महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो  । यसमा महानगरले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याएको छ । त्यस्तै पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको महानगर उपप्रमुख सुनिता डंगोलले बताइन् ।

महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको थियो ।