वाणिज्य बैंकहरुले १० महिनामा कमाए ५७ अर्ब नाफाः नबिल शिर्ष स्थानमा रहदा कृषि विकास बैंकको सबैभन्दा कम

वाणिज्य बैंकहरुले १० महिनामा कमाए ५७ अर्ब नाफाः नबिल शिर्ष स्थानमा रहदा कृषि विकास बैंकको सबैभन्दा कम


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधि वाणिज्य बैंकहरुले ५७ अर्ब बढी खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउन देखि २०८० वैशाखसम्मको अवधिमा २१ वटा वाणिज्य बैंकले कुल ५७ अर्ब १६ करोड खुद नाफा गरेका हुन् ।

जस मध्ये नबिल बैंकले सर्वाधिक ६ अर्ब १२ करोड खुद नफा गरेको छ । ५ अर्ब ३४ करोड सहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ४ अर्ब ३९ करोड खुद नाफा सहित एनआईसी एशिया बैंक तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले भने ४ अर्ब ५ करोड खुद नाफा गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३ अर्ब ८९ करोड रहेको छ ।

सनराइज बैंकले १ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । त्यस्तै सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ४३ करोड, लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ४६ करोड, तथा माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ५६ करोड रहेको छ ।

यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले १ अर्ब २२ करोड खुद नाफा गरेको छ ।