आम नागरिकलाई दुःख दिने काम नगर्न अर्थमन्त्री महतको निर्देशन

आम नागरिकलाई दुःख दिने काम नगर्न अर्थमन्त्री महतको निर्देशन


बैंकिङ्ग समाचार, काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । 

‘सेवाग्राही माझ सहज रूपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न आग्रह गर्दै मन्त्री  महतले निर्देशनका क्रममा भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नुहोला ।’

फलफूलको आयातमा कर लाग्ने कुरा बुझाउनुपर्ने उनले बताए । अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईंहरूले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मूल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो । तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ’,  महतले भने, आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ ।  

उनले आम नागरिकलाई दु:ख दिन काम नगर्न निर्देशन दिए । ‘म राम्रो काम गर्न आएको हुँ, तपाईंहरूले पनि राम्रो काम गरिरहनुभएको छ र अझै राम्रो काम गर्नु होला । आम नागरिकलाई दुःख दिने काम नगर्नुहोला,’ उनले भने ।