नेपाल बैंकमा खुल्यो जागिर, कति चाहिन्छ योग्यता ?

नेपाल बैंकमा खुल्यो जागिर, कति चाहिन्छ योग्यता ?


बैंकिङ्ग समाचार

सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार (असार १ गते) ४६ जना स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । बैंकले छैंटौँ तहदेखि चौथो तहसम्मका पदका लागि दरखास्त माग गरेको हो । 

खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले १ असारदेखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । 

\"\"