‘वान एक्स बेट’को विज्ञापन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुवे’ पक्राउ

‘वान एक्स बेट’को विज्ञापन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुवे’ पक्राउ


बैंकिङ समाचार,काठमाडौं । 

गैरकानुनी अनलाइन बेटिङ एप ‘वान एक्स बेट’को विज्ञापन गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’  पक्राउ परेका छन् ।

नेपालमा गैरकानुनी मानिएको ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा बल्छी ध्रुवेसहित ८ जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गर्नेमा उनीहरु सक्रिय छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार उनीहरुमाथि प्रारम्भिक अनुसन्धान थाल्दा एक अर्ब बढीको रकम सट्टेबाजी कारोबार गरिएको पाइएको छ । 

सट्टेबाजी गर्ने र ‘वान एक्स बेट’को विज्ञापन गरेको भन्दै चर्चित कलाकार बल्छी ध्रुवेसहित ८ जना पक्राउ परे पनि हालसम्म प्रहरी पक्राउ परेकाहरुको नाम सार्वजनिक भने गरेको छैन । प्रहरी स्रोतका अनुसार थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेपछि मात्रै पक्राउ परेकालाई सार्वजनिक गर्ने तयारी गरिएको छ ।