नयाँ उद्योगी विकासमा टेवा पुऱ्याउन राष्ट्र बैंकले जारी गर्यो यस्तो प्रावधान 

नयाँ उद्योगी विकासमा टेवा पुऱ्याउन राष्ट्र बैंकले जारी गर्यो यस्तो प्रावधान 


बैंकिङ्ग समाचार,काठमाडौं।

नयाँ उद्योगी विकासमा टेवा पुऱ्याउन राष्ट्र बैंकले नयाँ प्रावधान जारी गरेको छ । नवप्रवर्तन तथा उद्यमशीलता विकासमा टेवा पुऱ्याउन र यस्तो प्रयोजनमा कर्जा प्रवाह सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत वा संस्थागत जमानी लिई परियोजना धितोमा ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज बैंकले एक सूचना जारी गदैैै यस्तो बताएको हो । 

बैंक तथा वित्तीय संस्थाले प्रस्तावित उद्यम व्यवसायको अवधारणा, योजना, अनुमानित नगद प्रवाह, वित्तीय सम्भाव्यता, कर्जा जोखिमलगायतका विषयको विस्तृत मूल्याङ्कन गरी कर्जासम्बन्धी निर्णय गर्न सक्दछन् सूचनामा भनिएको छ।

वित्तीय चेतनाका लागि
नवप्रवर्तन (Startups) तथा उद्यमशीलता विकास (Enterpreneurship Development) मा टेवा पुऱ्याउन र यस्तो प्रयोजनमा कर्जा प्रवाह सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत वा संस्थागत जमानी लिई परियोजना धितोमा ( अन्य सम्पत्ति धितो नलिई ) मात्र प्रवाह भएको रू. ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान राखिएको छ ।
बैंक तथा वित्तीय संस्थाले प्रस्तावित उद्यम व्यवसायको अवधारणा, योजना, अनुमानित नगद प्रवाह, वित्तीय सम्भाव्यता, कर्जा जोखिमलगायतका विषयको विस्तृत मूल्याङ्कन गरी कर्जासम्बन्धी निर्णय गर्न सक्दछन् ।
नेपाल राष्ट्र बैंक
वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा
गुनासो दर्ता गर्ने अनलाइन पोर्टलः
www.gunaso.nrb.org.np
वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नं.: ०१-४४१५१५८

\"\"