राष्ट्र बैंकले २४ जनालाई नियुक्तीका लागि बोलायो 

राष्ट्र बैंकले २४ जनालाई नियुक्तीका लागि बोलायो 


बैंकिङ समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले खुला प्रतियोगितात्मक परीक्षा तथा अन्तर्वार्तामा उत्र्तिण भएका २४ जनालाई नियुक्तीका लागि बोलाएको छ ।

बैंकले उनीहरुलाई सहायक (सहायक द्वितीय) पदमा नियुक्तीका लागि बोलाएको हो । 

बैंकको जनशक्ति व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै लोकसेवा आयोगबाट लिइएको लिखित परिक्षा तथा बैंकबाट लिइएको अन्तर्वार्तामा उम्मेदवारले गरेको अंकका आधारमा शीर्ष २४ लाई स्थानीय नियुक्ती लिनका लागि बोलाइएको जनाएको छ ।

बैंकले नियुक्तीका लागि जेठ २६ गतेभित्र बैंकको केन्द्रीय कार्यालयमा रहेको जनशक्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न भनेको छ । साथै, स्वास्थ्य परिक्षणको प्रतिवेदन तथा अन्य व्यहोरा अनुकूल भएमा असार ३ गते नियुक्ती दिने जनाएको छ ।
त्यस्तै, १२ जनालाई बैंकले प्रतिक्षा सूचिमा राखेको पनि सोही सूचनामा उल्लेख गरेको छ ।