सिद्धार्थ बैंकले माग्यो दुई पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

सिद्धार्थ बैंकले माग्यो दुई पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?


बैंकिङ्ग समाचार,काठमाडौं ।

सिद्धार्थ बैंक लिमिटेडले विभिन्न दुई पदको लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक नोटिस् जारी गर्दै विभिन्न दुई पदको लागि कर्मचारी माग गरेको हो । बैंकले जुनियर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र टेक्नोलोजि क्षेत्रमा काम गरेको २ वर्षको अनुभब हुनुपर्ने बैंकले जनाएको छ ।  उक्त पदमा काम गर्नको लागि ३२ वर्ष ननाघेको हुनुपर्ने बैंकले उक्त नोटिस्मा उल्लेख गरेको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हेनु्होस् नोटिस् 

\"\"