नेपाल र विश्व बैंकबीच १८ अर्ब रुपैयाँको ऋण सम्झौता

नेपाल र विश्व बैंकबीच १८ अर्ब रुपैयाँको ऋण सम्झौता


बैंकिङ समाचार, काठमाडौं ।
नेपाल सरकार र विश्व बैंकबीच सहुलियत पूर्ण ऋणमा सम्झौता भएको छ । नेपालको शिक्षा क्षेत्रअन्तर्गतका कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार र विश्व बैंकबीच सहुलियत पूर्ण ऋणमा सम्झौता भएको हो । 

सरकार र विश्व बैंकबीच अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)सँग १२ करोड अमेरिकी डलर (१५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रुपैयाँ) सहुलियतपूर्ण ऋण र विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम (एसएसटीपी) सञ्चालनका लागि ग्लोबल पार्टनरसिप फर एजुकेसनसँग १ करोड ९७ लाख अमेरिकी डलर (२ अर्ब ६० करोड ५८ लाख ७६ हजार रुपैयाँ)को अनुदान सम्झौता भएको हो ।

सम्झौता पत्रमा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फासिद हदाद जेभ्रोसले हस्ताक्षर गरेका छन् ।