यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


बैंकिङ्ग समाचार,काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९१ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा पुगेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ३५ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

यता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको छ । र भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य मुलुकको मुद्राको दर यस प्रकार छ  । 

 

\"\"