सरकारले आशा जगाउने बजेट ल्यायो : विनोद चौधरी

सरकारले आशा जगाउने बजेट ल्यायो : विनोद चौधरी


बैंकिङ्ग समाचार,काठमाडौं । 

व्यावसायी तथा सांसद विनोद चौधरीले सरकारले ल्याएको बजेट स्वागतयोग्य रहेको बताएका छन् । सोमबार सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि पत्रकारसँग बोल्दै उनले देशको स्रोतसाधन एकदमै कम भएको अवस्थामा पनि सरकारले आशा जगाउने बजेट ल्याएको बताए ।

उनले भने, देशको स्रोतसाधन एकदमै कम भएको अवस्था केही प्रणाली परिवर्तन गर्न खोजिएको छ । कार्ययोजनाहरू किन छरपष्ट छन् ? किन कार्यान्वयन हुँदैनन् ? पुँजीगत खर्च हुँदैनन् ? त्यसको लागि प्रविधि र व्यवस्थापकीय व्यवस्थाको कुरा आएको छ । त्यो स्वागतयोग्य कुरा हो । त्यसले सार्थकता प्राप्त गरोस् ।’

उनले सरकारले गरेको राजस्व संकलनलाई टेक्नोलोजीसँग जोड्ने कुरा पनि अर्को एउटा राम्रो पक्ष रहेको बताए ।