बीमा गरेको पाँच वर्षपछि मृत्यु भएका एक जनाको परिवारलाई नेपाल लाइफले दियो ६४ लाख रकम 

बीमा गरेको पाँच वर्षपछि मृत्यु भएका एक जनाको परिवारलाई नेपाल लाइफले दियो ६४ लाख रकम 


बैंकिङ्ग समाचार,काठमाडौं । 

बीमा गरेको पाँच वर्षपछि मृत्यु भएका एक जनाको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी दिएको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका नरबहादुर साउदको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको हो । 

नरबहादुर साउदको गत वैशाख १६ गते क्यान्सरका कारण मृत्यु भएको थियो । साउदले नेपाल लाइफ इन्स्योरेन्सको टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते ५० लाख बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख बोनस बापत १४ लाख २५ हजार रुपैयाँ  गरी जम्मा ६४ लाख २५ हजार रुपैयाँ उनकी श्रीमतीलाई प्रदान गरिएको छ ।

टीकापुरमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले चेक ज्ञानु देवी साउदलाई हस्तान्तरण गरेका हुन् । कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।