छैटौँ चेम्बर एक्स्पो बिहिबारदेखि शुरु हुने 

छैटौँ चेम्बर एक्स्पो बिहिबारदेखि शुरु हुने 


बैंकिङ समाचार,काठमाडौं ।

छैटौँ चेम्बर एक्स्पो शुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा चेम्बर एक्स्पो भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने भएको हो ।

जेठ ४ गते देखि ८ गतेसम्म चल्ने व्यापार मेलामा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरूको प्रर्दशनी गरिने आयोजक नेपाल चेम्बर अफ कर्मसले जनाएको छ ।

मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामाग्रीहरूको स्टल रहनेछन् ।  एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरू, घरेलु तथा खाद्यन्हका सामाग्रीहरू, जटिवुटी जन्य बस्तुहरू प्रर्दशनी गरिने चेम्बरले जनाएको छ ।

यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरू समेत प्रर्दशनीमा राखिने छ ।