डिजेलको मूल्यसँगै घट्यो लामो दुरीको सवारी भाडा

डिजेलको मूल्यसँगै घट्यो लामो दुरीको सवारी भाडा


बैंकिङ समाचार काठमाडौं । 

सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ । मंगलबार राति १२ बजेबाट लागु हुनेगरी नेपाल आयल निगमले डिजेलको मूल्य घटाएपछि स्वचालित रूपमा मूल्य समायोजन भएको हो।

डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो। डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ ।