बैंकका कर्जा देशका केही सीमित व्यक्तिले मोज गरे : प्रधानमन्त्री प्रचण्ड

बैंकका कर्जा देशका केही सीमित व्यक्तिले मोज गरे : प्रधानमन्त्री प्रचण्ड


बैंकिङ्ग समाचार,काठमाडौं ।

प्रधानमन्त्री प्रचण्डले नेपालका बैंकहरूका कर्जा  देशका केही सीमित व्यक्तिले मात्र मोज गरेको  बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । बैंकहरूका कर्जा दुरूपयोग भएको र सीमित व्यक्तिले दुरूपयोग गरेको बताएका छन् ।

 प्रचण्डले बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जाले उत्पादकत्व र रोजगारी वृद्धि गर्न नसकेके बताउँदै ठुलो मात्रामा कर्जा देशका केही सीमित व्यक्तिले मोज गरेको बताए । साथै उनले कर्मचारी युनियनहरुको प्रशंसा गरे भने निर्माणाधिक भवनको अवलोकन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, मैले सुरूदेखि नै मौद्रिक नीति र वित्तिय नीति बीचमा उत्पन्न समस्या समाधान गर्न प्रयासरत छु । गभर्नरज्युसँग पटक पटक छलफल भईरहेको छ। प्रधानमन्त्री प्रचण्डले मौद्रिक र वित्तिय नीतिका रूपमा राम्रो सुधार भएको बताउँदै रसिया युक्रेन युद्दले आर्थिक सुधारको योजनालाई थप चुनौति थपेको बताए ।