नेपाल टेलिकमले कमायो नौ महिनामा साढे पाँच अर्ब

नेपाल टेलिकमले कमायो नौ महिनामा साढे पाँच अर्ब


बैकिङ्ग समाचार,काठमाडौ । 

नेपाल दूरसञ्चार कम्पनीले नौ महिनामा साढे पाँच अर्ब मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रूपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा कम्पनीको नाफा ५ अर्ब ४१ करोड १९ लाख ७५ हजार रूपैयाँ रहेको छ ।
यो अवधिमा कम्पनीको अन्य आम्दानी ५ अर्ब ८६ करोड १९ लाख १८ हजार रूपैयाँ रहेको छ । यस्तै चैत मसान्तसम्म कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख ४८ हजार रूपैयाँ ग्राहकलाई सेवा प्रवाह गरेर आम्दानी गरेको छ ।

प्रतिशेयर आम्दानी ४० रूपैयाँ ९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५१९ रूपैयाँ ३० पैसा रहेको छ । गत आवको सोही अवधिमा यो क्रमशः ४० रूपैयाँ २६ पैसा र ५११ रूपैयाँ ७७ पैसा रहेको टेलिकमले जनाएको छ ।