कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बिमा रकम भुक्तानी

कुमारी बैंकद्वारा १० लाख रूपैयाँको बिमा रकम भुक्तानी


बैकिङ्ग समाचार,काठमाडौं ।

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताधारकको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।

बैंकले खाताधारकको परिवारका हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरेको छ। उक्त रकम कुमारी बैंक लिमिटेडको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको हो। बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएकामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रूपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सकिने जनाएको छ। सो खातामा दुर्घटना मृत्यु, चिकित्सा उपचार र गम्भीर रोगहरूका लागि बिमा सुविधा प्रदान गरिने बैकले जनाएको छ।