नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया पुनः स्थगित

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया पुनः स्थगित


बैंकिङ्ग समाचार,काठमाडौं ।

 नेपाल धितोपत्र बोर्ड (सिबोन) ले वितरण गर्न लागेको स्टक एक्सचेञ्जको लाइसेन्स तत्कालका लागि पुनः स्थगित हुने भएको छ । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको हो । 

मंगलवारको मन्त्रिपरिषदको बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका विषयमा संसदमा प्रश्न उठेकाले थप अध्ययन गरेर मात्र अघि बढ्ने निर्णय गरेको हो ।

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार लगानीकर्ताको हितलाई ध्यानमा राखी थप अध्ययन गरेर मात्र प्रक्रिया अघि बढाउन मन्त्रिपरिषदबाट निर्देशन आएको छ । मन्त्रिपरिषदको निर्देशन बमोजिम शुक्रवार बोर्डलाई पत्रचार गर्ने अर्थमन्त्रालयले जानकारी दिएको छ ।

यस अघि सर्वोच्च अदालतमा परेको मुद्दाका कारण स्थगित भएको स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया अदालतले सफाई दिएसँगै अघि बढेको थियो । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि तीन कम्पनीको आवेदन परेको छ ।