पूँजीबजार फोरमका सभापतिमा शैलेन्द्र गुरागाई चयन

पूँजीबजार फोरमका सभापतिमा शैलेन्द्र गुरागाई चयन


बैंकिङ्ग समाचार,काठमाडौं । 
नेपाल उद्योग बाणिज्य महासंघको पूँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई चयन भएका छन् । फोरमको सभापतिमा गुरागाईलाई महासंघको विदानको दफा ३८(ग) बमोजिम चयन गरिएको महासंघले जानकारी दिएको छ । गुरागाई स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का पूर्व अध्यक्ष हुन ।

महासंघको बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरे अनुसार अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुसार विधानको दफा ३८(ग) बमोजिम समापतिमा गुरागाईलाई चयन  गरेका हुन् । गुरागाईलाई महासंघको छवि र प्रतिष्ठालाई अझ बढि शशक्त रुपमा अगाडी बढाउन संघको तर्फबाट अनुरोध गरिएको छ ।

यो फोरममा सभापति सहित १४ जनाको प्रतिनिधित्व रहने व्यवस्था छ । गुरागाईको सभापतित्वमा अन्य सदस्यहरू समेत चयन हुनेछन् । फोरमले प्रभावकारी रुपमा कार्य गर्ने अपेक्षा सहित फोरमले गरेको कार्यप्रगति अर्थ वार्षिक रुपमा पुनरावलोकन गरी मूल्यांकन गर्ने व्यवस्था रहेको महासंघले जानकारी दिएको छ । गुरागाईभन्दा पहिला पूँजी बजार फोरमको सभापतिमा अम्बिका प्रसाद पौडेल रहेका थिए ।