खाण पक्राउपछि रविले दिए प्रचण्ड र नारायणकाजीलाई धन्यवाद

खाण पक्राउपछि रविले दिए प्रचण्ड र नारायणकाजीलाई धन्यवाद


बैंकिङ्ग समाचार,काटमाडौं ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण नेपालीलाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले प्रधानमन्त्री प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका हुन् । उनले सरकारको निर्णय कार्यान्वयन गर्ने नेपाल प्रहरीलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । 

उनले लेखेका छन् 
 ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु। यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

\"\"