हौसिएर बजेट बनाउने छुट सरकारलाई छैन:सांसद कार्की

हौसिएर बजेट बनाउने छुट सरकारलाई छैन:सांसद कार्की


बैंकिङ्ग समाचार,काठमाडौं ।

नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० सिद्धान्त र प्राथमिकता विषयक छलफलमा बोल्दै यस्तो बताएका हुन् । सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुन नसक्ने उनले बताए ।
उनले स्रोतमा आएको संकुचनका कारणले सरकारलाई हैसिएर बजेट बनाउने सुविधा नभएको बताए । सांसद कार्कीले अर्थतन्त्रमा देखिका समस्या र चुनौती रहेको अवस्थामा लोकप्रिय नभएर यथार्थपरक बजेट मुलुकलाई आवश्यकता रहेको औंल्याए ।

‘सरकारले आन्तरिक उत्पादन र रोजगारीलाई सबल नबनाई दिगो आर्थिक विकासको आधार तयार हुँदैन । आगामी आर्थिक वर्षको बजेटको मुख्य उद्देश्य उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित रहनुपर्छ, उनले भने,स्रोतमा आएको संकुचनका कारण सरकारलाई हौसिएर बजेट बनाउने सुविधा छैन । अहिलेको अवस्थामा पपुलिस्ट होइन । यथार्थपरक बजेट मुलुकलाई आवश्यकता छ ।