आशा लघुवित्तको नाफा ७३.२४ प्रतिशत ले घट्यो

आशा लघुवित्तको नाफा ७३.२४ प्रतिशत ले घट्यो


 बैैकिङ्ग समाचार,काठमाडौं ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तको प्रमुख सूचकहरु घटेको छ । यसअवधिमा खुद नाफा ७३.२४ प्रतिशतले घटेर ३ करोड ३० लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ३४ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा घट्न दबाब पुगेको हो । साथै खराब कर्जा बढेकाले पनि नाफामा घटेको हो ।

खुद ब्याज आम्दानी २७.९५ प्रतिशतले घटेर १८ करोड ४३ लाख २२ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा ७३.२८प्रतिशतले घटेर ३ करोड ३० लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३७ पैसाले घटेर ११ रुपैयाँ ५५ पैसामा आएको छ ।

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा छ । खराब कर्जा २.०१प्रतिशतले बढेर ४.९३प्रतिशत पुगेको छ । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्न चैत २९ गते प्रारम्भिक सम्झौता गरेको छ ।