मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

 मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।

मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा स्थानीयको ७ लाख ६० हजार कित्ता, सर्वसाधारणको १५ लाख २० हजार कित्ता र संस्थापको ५३ लाख २० हजार कित्ता छन्।नेप्सेले मकर जितुमाया सुरी हाइड्रोपावरलाई ‘एमएकेएआर’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ९२.७१ रुपैयाँ र अधिकतममा २७८.१३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। 

\"\"