एलआइसी नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा प्रणय कुमार

एलआइसी नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा प्रणय कुमार


बैंकिङ्ग समाचार,काठमाडौं ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा प्रणय कुमारलाई नियुक्त गर्ने संचालक समितिको निर्णयलाई नेपाल बीमा प्राधिकरणबाट स्वीकृति दिएको छ। 

भारतीय स‌ंयुक्त लगानीको जीवन बीमा कम्पनी एलआइसी नेपालको नेतृत्व सम्हाल्न एलआइसी इण्डियाले पठाएको हो। प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रस्तावित प्रणय कुमार एलआइसी इण्डियाको नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर हुन् ।