अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा छ : अध्यक्ष ढकाल 

अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा छ : अध्यक्ष ढकाल 


बैंकिङ्ग समाचार,काठमाडौं । 
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास संघको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा रहेको बताएका हुन् । यस्तो स्थितिमा आइपुग्नुमा देशको अर्थतन्त्र टाट पल्टने डर मुख्य कारण भएको अध्यक्ष ढकालले बताए । ‘देशको अर्थतन्त्र श्रीलंकाको जस्तो बन्ने डरले आयत रोक्दा राजश्व घाटेर समस्या उत्पन्न भएको हो । यद्यपि यतिबेला अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएको छ’ ढकालले भने ।  
ब्याजदर घट्न लाग्दा अर्थतन्त्र चलायमान हुन लागेको संकेत देखिएको ढकालको भनाई छ । यस्तै, रेमिट्यान्स बढ्दै जानु र पर्यटन व्यवसाय चलायमान बन्न सुरु गर्नु नै महत्त्वपूर्ण बिषय भएको अध्यक्ष ढकालले बताए । 

जग्गाको कित्ता काट रोक्ने निर्णयले समेत अर्थतन्त्रमा समस्या आएको बताउँदै उनले जग्गा र घरको कारोबार घट्दा उठ्ने राजश्व ह्वात्तै घटेको र यसबाट समग्र अर्थतन्त्रमा समस्या देखिएको बताए । यद्यपि सरकारले जग्गाको कारोबार रोक्दा उत्पन्न भएको समस्या बारेमा बुझिसकेको उनको भनाई थियो ।

रसिया यूक्रेन युद्धका कारण समेत देशको अर्थतन्त्रमा समस्या थपेको ढकालले बताए ।  ‘नेपालको अर्थतन्त्रमा अहिलेको भन्दा नकारात्मक स्थिति आउने सम्भावना न्यून देखिन्छ । अहिले आउने समस्या आइसक्यो, अब धेरै समस्या नआउने मैले देखेको छु,’ ढकालले भने ।