दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा

दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा


बैकिङ्ग समाचार, काठमाडौं ।

बुधवार दुई कम्पनीको कुल १ लाख ७६ हजार ६५८ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । एनएमबि बैंक लिमिटेडले ६९ हजार ७४६ कित्ता र सूर्योदय वोमी लघुवित्तले १ लाख ६ हजार ९१२ कित्ता संस्थापक शेयर विक्रीका लागि बुधवार सुचना जारी गरेका हुन् । 

दुबै कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र उल्लेखित शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । एनएमबि बैंकको शेयर खरीदका लागि बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौं र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय महलक्ष्मी, ४ ललितपुरमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।