ज्ञानु श्रेष्ठ, काठमाडौं ।
सोमबार काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा नेपाल प्रहरीका लागी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकिङ्ग शिक्षा र एनआईसी एशिया क्यापिटलले नेपाल प्रहरीका लागी संयुक्त रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमा नेपाल प्रहरीका बरिष्ठ उपरिक्षक (एसएसपी) दान बहादुर कार्की ,प्रहरी उपरीक्षक(एसपी) सिताराम रिजाल, बैंकिङ्ग शिक्षा कार्यक्रमका संमोजक राजु ढुङ्गेल, एन आई सी एशिया क्यापिटल लिमिटेडका चिफ अपरेटिङ्ग अफिसर प्रज्ञारत्न शाक्य लगायत नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत करिब ७० जना भन्दा बढी सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो ।
बैंकिङ्ग शिक्षा कार्यक्रमका संमोजक राजु ढुङ्गेलले कार्यक्रममा बोल्दै वित्तीय साक्षरता प्रहरी संघठनलाई लाई महत्वपुर्ण र अति आवश्यक रहेको बताए । उनले आगामी दिनमा देशैभर रहेका प्रहरी संघठनमा वित्तीय साक्षरता कार्यक्रम पुर्याउने पनि अठोट गरे ।
त्यस्तै कार्यक्रममा वोल्दै एन आई सी एशिया क्यापिटल लिमिटेडका चिफ अपरेटिङ्ग अफिसर प्रज्ञारत्न शाक्यले एन आई सी एशिया क्यापिटल लिमिटेडको सेवा सुविधाको बारेमा विस्तृत जानकारी गराउँदै आम्दानी, खर्च, लगानी वचतको बारेमा राम्रो सँग ज्ञान भयो भने राम्रो हुने र देश विकासमा सहयोग पुग्ने बताएका थिए ।
कार्यक्रममा शेयर बजारको बारेमा जानकारी गराउँदै प्रहरी संगठनले पनि देश र जनताको काम गर्दै आर्थिक पाटोलाई पनि सँगैसँगै लान सकियो भने सुखी समृद्धि हुने एन आई सी एशिया क्यापिटल लिमिटेडका हेड रिसर्चर कृष्णराज दनुवारले बताए । लगानी र बचत राम्रो संग गर्न जानियो भने निकट भविष्यमा फाइदा हुने उनले बताए ।
त्यस्तै प्रहरी कर्मचारीहरूलाई जीवन उपयोगी व्यवहारिक बिषयमा जानकारी दिएकोमा नेपाल प्रहरीका बरिष्ठ उपरिक्षक (एसएसपी) दान बहादुर कार्कीले कृतज्ञता व्यक्त गरे । अहिले मूलुक आर्थिक मन्दीको अवस्थामा गुज्रेको बताए । यस्तो बेला वित्तीय साक्षरता कार्यक्रमले धेरै मद्दत पुगेको उनको भनाइ थियो ।
कार्यक्रमा वित्तीय साक्षरताको बारेमा धेरै कुरा जानेको र यस्तो जानकारी लिन पाउदा आफूहरुलाई खुशी लागेको सहभागी कर्मचारीहरुले बताए । आफूहरुले सिकेको कुरा अरू साथीभाईहरूलाई समेत बताउने कार्यक्रममा सहभागी कर्मचारीहरुले बताएका छन् ।
प्रतिक्रिया