२८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल हुने 

 २८.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल हुने 


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भोलि सोमबार  अर्थात वैशाख ११ गते  २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले वैशाख १२ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः २०८० जेठ ९ गते, साउन ९ गते, कात्तिक ७ गते र २०८१ वैशाख ११ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलका भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।