आफ्नो जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन

आफ्नो जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन


बैंकिङ समाचार,काठमाडौ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

अर्थमन्त्री महतले भन्सार व्यवस्थापन गोष्ठी (दोस्रो) २०७९ मा बोल्दै यस्तो निर्देशन दिएका हुन् । 

उनले आफु अर्थमन्त्रालयमा शोभा बढाउन मात्रै नआएको र राजनीति नेतृत्व, कर्मचारी र उद्योग व्यवसायी सबै मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न एकजुट हुनुपर्ने बताएका छन् । 

‘अहिले राजस्व घटेको छ । राजस्व घट्दा कर्मचारी दोषी छन भनेर कठघरामा उभिनुभएको छ भन्ने मेरो भनाइ होइन । राजस्व घटनुको विभिन्न कारण छन् । हामी आफै कति कारक छौं, त्यसको आत्ममूल्यांकन हामी सबैले गर्नुपर्छ । उनले भने,

गोष्ठमा बोल्दै भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिर्पोटअनुसार २८ प्रतिशत भन्सार घटेको र विभिन्न भन्सार नाकाको भोलुमको कम्पोजिसन र भन्सार घट्नुमा कस्को कति योगदान छ भन्ने कुरा रिर्पोटले देखाएको महतले बताए ।