बैंकर्स संघले ब्याजदर घटाउन  २० वटै बैंकका प्रमुख कार्यकारीसँग छलफल गर्ने  

बैंकर्स संघले ब्याजदर घटाउन  २० वटै बैंकका प्रमुख कार्यकारीसँग छलफल गर्ने  


बैंकिङ समाचार,काठमाडौ । 

नेपाल बैंकर्स संघले  २० वटै बैंकका प्रमुख कार्यकारीसँग छलफल  गर्ने भएको छ । 

ब्याज दर घटाउनु पर्ने दबाब रहेको तर नीतिगत दर नघटी घटाउन नसक्ने भएपछि बैंकर्स संघले छलफल गरी ब्याजदर घटाउने निर्णय गर्ने भएको हो  ।

ब्याज दर तलमाथि गर्न सम्बन्धित बैंकहरु स्वतन्त्र भएपनि केही समययता यसको जिम्मा बैंकर्स संघले लिएको छ । उसले गरेको निर्णय अनुसार बैंकहरुले निक्षेपको ब्याज दर चलाउने गरेका छन् । निक्षेपको ब्याज महँगो हुँदा ऋणको ब्याज पनि महँगिन्छ । त्यसैले निक्षेपको ब्याज घटाएर ऋणको ब्याज तल झार्नु पर्ने दबाबमा बैंकर छन् ।

नेपाल राष्ट्र बैंक भने नीतिगत दर घटाउने पक्षमा छैन । नीतिगत दर नघटी बैंकहरुले निक्षेपको ब्याज दर घटाउन सक्ने अवस्था छैन । त्यही भएर सबै बैंकर बसेर निर्णय गर्न खोजिएको हो । कुनै दिन बैठक डाक्ने भन्ने यकिन भने भइसकेको छैन ।