ऋण लिएको छु फिर्ता गर्दिन भन्न कसैले पाउँदैनः अर्थमन्त्री महत

ऋण लिएको छु फिर्ता गर्दिन भन्न कसैले पाउँदैनः अर्थमन्त्री महत


बैंकिङ समाचार,काठमाडौं ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकबाट लिएको ऋण फिर्ता गर्दिन भन्न नपाइने बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधरण सभामा ब्याजदरको समस्या समाधान गर्न सरकार लागिरहेको भन्दै अर्थमन्त्री महतले लिएको ऋण तिर्दिन भनेर भन्न नमिल्ने बताएका हुन् ।

‘ऋण लिएका छन् । तिर्नुपर्दैन भन्ने अभियान चलाएका छन् । त्यसलाई राज्यले सहन सक्दैन् । ब्याजदरको समस्या छ भने, समयमा नै ऋण फिर्ता गर्न समस्या प¥यो भने त्यसमा हामीले राहत दिनुपर्छ । तर, ऋण लिएको छु म फिर्ता गर्दिन भन्न कसैले पाउँदैन ।’ उनले भने ।

ब्याजदरका समस्या समाधानका लागि आफूहरुले राष्ट्र बैंकसँग कुरा गरेको उनले बताएका हुन् ।

अर्थमन्त्री महतले साधरण सभामा बोल्दै अहिले राजस्व लक्ष्यभन्दा निकै कम उठेको उनले बताएका छन्  । गत वर्षकोभन्दा २८ प्रतिशतले राजस्व घटेको र साधारण खर्चमा तलमाथि गर्न सक्ने सम्भावना कम रहेको उनले बताए । अब साधारणखर्च घटाएर पुँजीगत खर्च प्रभावकारी रुपमा गर्ने उनको भनाइ छ ।