सहकारी सञ्चालन गर्न नजान्दा समस्या आएको होः केपी ओली

सहकारी सञ्चालन गर्न नजान्दा समस्या आएको होः केपी ओली


बैंकिङ समाचार,काठमाडौं ।  

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अर्थतन्त्र सहकारीले जोगाउने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा आयोजित तेस्रो सहकारी सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

 ‘अहिले सहकारी क्षेत्र धेरै बदनाम भइसक्यो, यो भन्दा धेरै बदनाम हुन नपरोस् ।’, उनले भने, ‘खासमा यो सहकारी कसरी सञ्चालन गर्नुपर्छ भन्ने नजान्दा आएको समस्या हो । अब सुधार गर्नुपर्छ ।’