बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धेरै दिनपछि आज हरियाली छाएको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से ८.३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव ०७ विन्दुमा बन्द भएको छ । मंगलवार नेप्से ५.२० अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ६८ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने गिरावट भई आज पनि १ अर्ब पुग्न सकेन । आज नेप्सेमा ८१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार नेप्सेमा ९१ करोड ७६ लाख लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरु मध्ये १४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६४ कम्पनीकोे शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिन्चोक दर्शन लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८३.५० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सिटिजन्स म्युचल फण्ड १ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ भन्दा बढिले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया