एनएमबी बैंकको ऋणपत्र खुल्यो, ब्याजदर कति पाइन्छ ?

एनएमबी बैंकको ऋणपत्र खुल्यो, ब्याजदर कति पाइन्छ ?


बैंकिङ्ग समाचार, काठमाडौं ।

एनएमबी बैंकको ऋणपत्र आज (मंगलबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत–२०८९÷२०९० नामको ऋणपत्र निष्कासन गरेको हो। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। 

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने र बाँकी रहेको ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिएको जानकारी कम्पनीले दिएको छ। 

सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरी सकिएको छ। 

सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बिक्री गर्न लागेको कम्पनीको भनाइ छ। उक्त ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्ताकादेखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई क्रेडिट रेटिङ इक्रा नेपालले ुइक्रा एनपी इस्युअर रेटिङ एु रेटिङ प्रदान गरेको छ। यसले न्यून कर्जा जोखिम रहेको जनाउँछ। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर आलाइन प्रयोग गरी सी–आस्बा प्रणली मार्फत् आवेदन दिन सकिने व्यवस्था छ।